खेलकुद, कार्तिक २३
विश्वकप क्रिकेटमा सेमिफाइनलमा पुग्ने चौथो टोली बन्न, न्युजिलैण्ड, पाकिस्तान र अफगानिस्तानको विच प्रतिपस्र्धा चलिरहेको छ । समुह चरणको ८ खेल सकिदा तिन वटै टोलीले ४ जित र ४ हारका साथ ८ अंक बटुलेका छन । अहिले रनरेटका आधारमा न्युजिलैण्ड चौथो, पाकिस्तान पाचौं र अफगानिस्तान छैटौं स्थानमा छन । तिनै टोलीले अव एक खेल खेल्न बाकि छ र तिनै टोलीलाई अन्तिम खेलमा जित मात्र प्रयाप्त छैन ।
सेमिफाइनलको दौडमा रहेको न्युजिलैण्डले अन्तिम खेलमा न्युजिलैण्डले श्रीलंकाको सामना गर्दैैछ भने भोली अफगानिस्तानले दक्षिण अफ्रिकासंग प्रतिस्पर्धा गर्नेछ । यस्तै पाकिस्तानले पर्सी इंग्लैण्डसंग आफ्नो अन्तिम खेल खेल्नेछ ।
यी खेलमा तिनै देशले राम्रो रनरेटका साथ जितको साथै अर्को देशको हारको कामना गरिरहेका छन ।
सेमिफाइनलको लागि महत्वपुर्ण मानिएका पाकिस्तान र न्युजिलैण्डको खेलका प्रतिपस्पर्धी श्रीलंका र इंग्लैण्डका साथै बंगलादेश र नेदरलैण्डसका लागि पनि यो खेल निकै महत्वपुर्ण छ । चारै टोली अन्तिम ८ मा रहेर आगामी वर्ष हुने च्याम्पियन्स ट्रफिको लागि छनौट हुन चाहन्छन । यो विश्व कप समुह चरणमा आठौं स्थान सम्म पुग्ने टोलीले सिधै च्याम्पियन्स ट्रफि खेल्न छ । आठौ स्थानको लागि इंग्लैण्ड, बंगलादेश र श्रीलंकाका बिच प्रतिस्पर्धा छ अहिले समान ४ अंक भए पनि रनरेटका आधारमा इंग्लैण्ड सातौ, बंगलादेश आठौं, श्रीलंका नवौं र नेदरलैण्ड दशौं नम्बरमा छ । नेदरलैण्डसले अन्तिम खेल समुहको शिर्षमा रहेको भारतसंग खेल्न बाकी छ । अप्रत्यासित नतिजा निकाल्दै भारतलाई स्तब्ध गर्न सके नेदरलैण्डसलाई च्याम्पियन्स ट्रफि खेल्ने ढोका खुल्नेछ ।