काठमाण्डौं, बैशाख ३१
चेन्नास्वामी स्टेडियम बैग्लुरुमा दिल्लीलाई पराजित गर्दै रोयल च्यालेन्र्जस बैग्लूरुले यो वर्षको आइपिएलको प्ले अफ पुग्ने सम्भावनलाई जिवित राखेको छ । यदपी यसले अन्य टिमको नतिजा आफु अनुकुल आउने प्रतिक्षा भने गर्नु पर्ने छ । जुन नाटकिय रुपमा ठुलै उलटफेर भए मात्र सम्भव छ । बैग्लुरुले अहिले सम्म खेलेको १३ खेलमा १२ अंक जोडेको छ । उसको अर्को खेल तेस्रो स्थानमा रहेको चेन्नई संग छ । १४ अंक भएको चेन्नईलाई पराजित गर्न सके बेग्लुरुको पनि १४ अंक हुनेछ । यस्तो अवस्थामा अहिले चौथो स्थानमा १४ अंक सहित रहेको हैदराबादले गुजरात र पंजाब विरुद्धका आफ्ना दुबै खेल हार्नु पर्नेछ । यस्तै अहिले छैटौ स्थानमा रहेको दिल्लीले पनि लखनउ विरुद्धको अर्को खेल हार्नु पर्नेछ । यति मात्र पनि बैग्लुरुको प्लेअफ पुग्ने निश्चित हुदैन । अहिले सातौ स्थानमा रहेको लखनउको पनि १२ खेलमा १२ अंक छ । लखनउले दिल्लीलाई पराजित गर्ने र मुम्बईसंग हार ब्यहोरेको खण्डमा मात्र बैग्लुरु प्लेअफमा अघि बढनेछ । यो अंकगणितिय सम्भावनालाई कायम राख्न बैग्लूरुले हिजो राति दिल्लीलाई ४७ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको बैग्लूरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनायो । रजत पाटिदारले ५२ रन बनाएको खेलमा विल जेक्सले ४१, केमरन ग्रिनले ३२, भने विराट कोहलीले २७ रन बनाएका थिए ।
दिल्लीका रासिख सलिम र खलिल अहमदले २,२ विकेट लिदा, इशान्त शर्मा, कुलदिप यादव र मुकेश कुमारले समान १,१ विकेटको योगदान गरे ।
१८८ रनको लक्ष्य पछ्याउन मैदानमा आएको दिल्ली २० ओभरको पहिलो बलमा अल आउट हुदाँ १४० रन मात्र जोड्न सफल भयो । दिल्लीका लागि अक्सर पटेलले ५७ रन बनाए । जेक फ्रेसर मक्ग्रूक २१ रनमा रनआउट भए । यस्तै साइ होपले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । नियमित कप्तान रिसब पन्तको अनुपस्थितीमा दिल्लीको ब्याटिंग धर्मराएको थियो ।
बैग्लुरुका यस दयालले ३ विकेट लिएर दिल्लीलाई दबाबमा राखेका थिए । यस्तै लुकी फर्गुसनले २ तथा स्वपनिलसिंस, सिराज खान र क्यामरन ग्रिनले १,१ विकेट लिए ।