जनकपुरधाम, असोज १५
सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २५ जना यात्रु घाइते भएका छन्
सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो। डिएसपी बस्नेतका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका(२ का ४० वर्षीय राजकुमार सदा र जनकपुरधाम उपमहानगरपालिका(२०का ५२ वर्षीय अनिलकुमार झा रहेका छन् ।
यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
१४ असोज २०८०, सोमबार ०६:५८ मा प्रकाशित