काठमाडौं , फागुन २९
सन्दीप जोरा र कुशल भुर्तेलले अर्धशतक
प्रहार गरेपछि नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ ।
हङकङमा जारी टी २० प्रतियोगितामा टस
हारेर ब्याटिङको निम्तो पाएको नेपालले राम्रो शुरुआत गरेको थियो । नेपालका लागि
प्रारम्भिक ब्याटर कुशल भुर्तेल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६४ रनको
साझेदारी गरे ।
भुर्तेलले ३९ बलमा ५९ रन बनाए।
त्यस्तै, भण्डारीले २२ बलमा २७ रन बनाए। रोहित
पौडेल एक र आरिफ शेख चार रनमा आउट भए।
त्यसपछि आएका सन्दीप जोराले विस्फोटक
ब्याटिङ गरेका हुन्। उनले २६ बलमा ५६ रन बनाए ।
पपुवा न्युगिनीका लागि असद भलाले दुई, नोसैना पोकना, जोन कारिको र नर्मन भनुवाले एक एक
विकेटले लिए ।
प्रतियोगिताको पहिलो खेल पानी परेपछि
अवरुद्ध भएको थियो। नेपाल र हङकङले एक एक अंक बाडेका थिए। आजको खेल जितेमा नेपाल
फाइनलमा प्रवेश गर्नेछ ।