काठमाडौं,कार्तिक २
नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको
टी–२० आई शृंखलामा सुखद सुरुआत गरेको छ।
शुक्रबार बिहान भएको पहिलो खेलमा
नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको हो। नेपालले दिएको १६५ रनको
लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै
बनाउन सक्यो।
नेपालले दोस्रो खेल आइतबार र तेस्रो
तथा अन्तिम खेल सोमबार खेल्नेछ।
१ कार्तिक २०८१, शुक्रबार ०९:२९ मा प्रकाशित