काठमाडौं, कार्तिक २७
सेयर बजारको परिसूचक नेप्से ११.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २७४८ मा कायम
भएको छ ।
परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१
करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को
घट्यो भने ७ को स्थिर रह्यो ।
यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको
छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र
व्यापार ०.३५ प्रतिशत बढे ।
अन्य समूह सबैभन्दा धेरै १. १८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७
प्रतिशत घटे ।
४ कम्पनी गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र
एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.६१, समाज लघुवित्तको ७.२५, सपोर्ट
माइक्रोफाइनान्सको ७.२२, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.१९ तथा जानाकी फाइनान्सको मूल्य
५.७८ प्रतिशत बढ्यो ।
गुडविल फाइनान्सको मूल्य ९.३ प्रतिशत घट्यो । आँखुखोला जलविद्युतको
४.९, माछापुच्छ्रे बैंकको ४.५, अपरहेवाखोलाको ३.७१ प्रतिशत मूल्य घट्यो
।
कारोबार रकमका आधारमा यस दिन फाइनान्स कम्पनीहरु अगाडि देखिए । बेस्ट
फाइनान्स, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, जानाकी फाइनान्स तथा पिपुल्स
हाइड्रोपावर धेरै कारोबार हुने कम्पनीमा क्रमशः अगाडि रहे ।