लिग २ को अन्तिम खेलमा नेपालको कमजोर प्रदर्शन : नेदरलैण्ड्सलाई १७३ रनको लक्ष्य

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन १३

आइसीसी लिग २ को पहिलो सिरिजका अन्तिम खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेदरलैण्ड्स संगको अन्तिम खेलमा आज त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारे पछि पहिले ब्याटिंग गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो  । पहिलो ४ ओभरमा सम्हालिएर खेलेको नेपाल त्यसपछि भने लगातार विकेट गुमाउन पूग्यो । ओपनर कुशल भुर्तेल बाहेक अन्य कुनै पनि ब्याटरले जमेर रन बनाउन सकेनन् । भुर्तेलले ३६ औं ओभरमा आउट हुनु अघि भुर्तेलले ६६ रन जोडे ।

नेपालले पहिलो विकेटको रुपमा आसिफ सेखलाई ९ वौ ओभरमा गुमायो । त्यो बेला आसिफले १७ रन बनाएका थिए । आसिफ पछि तेस्रो नम्बरमा आएका अनिल शाह मात्र ७ रन बनाएर आउट भए । चौथो नम्बरमा ब्याटिंगको लागि आएका कुशल मल्ल पनि १ रन बनाएर एलवीडब्लु आउट हुन पुगे । कप्तान रोहित पौडेल एकपटक पुनः असफल हुदै १६ रनमा आउट भए । नेपाली टोलीका भरपर्दा ब्याटर दिपेन्द्र सिंह ऐरी दुर्भाग्यपूर्ण रनआउट हुन पुगे । १ रन मात्र बनाएर ननस्ट्राइकमा रहदा कुशल भुर्तेलले प्रहार गरेको बल बलर ली दे को खुटटालाई छुएर स्टम्पमा लाग्दा दिपेन्द्र क्रिज बाहिर थिए । दिपेन्द्र पछि मैदानमा आएका भिम सार्की पनि डक आउट भए । आरिफ सेखले ८ औं नम्बरमा २२ रन बनाए भने ९ औं नम्बरमा आएका करण केसीले ४९ औ ओभरको तेस्रो बलमा आउट हुनु अघि २७ बलको सामना गर्दै २ छक्काको मद्दतमा २६ रन जोडे । 


प्रतिक्रिया