आजको क्रिकेट गतिविधी

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ११

आइसीसी विश्वकप लिग २

आइसीसी विश्वकप लिग २ अन्तरगत आज काठमाण्डौमा नामिविया र नेदरलैण्ड्सका विच खेल हुदैछ । लिग २ अन्तरगतको पहिलो सिरिजमा नामिवियाले आफ्नो अन्तिम खेल खेल्नेछ । तिन खेलमा २ जितका साथ अंक तालिकाको शिर्षमा रहेको नामिवियालाई दुइ खेलमा १ मा मात्र जि हासिल गरि अंक तालिकाको अन्तिम स्थानमा रहेको नेदरलैण्ड्सले चुनौति दिनेछ । यस सिरिजको पहिलो खेलमा नेदरलैण्ड्सले नामिवियालाई पराजित गरेको थियो । 

खेल त्रिवि क्रिकेट मैदानमा विहान ९ः१५ मा शुरु हुनेछ । नेपालले आफ्नो अन्तिम खेल पर्सी आइतबार नेदरलैण्ड्ससंग खेल्नेछ । 

भारत इंग्लैण्ड टेष्ट

भारत र इंग्लैण्डका विच चौथो टेस्ट आज राचीमा शुरु हुदैछ । ५ टेष्टको सिरिजमा भारत २-१ ले अगाडी रहेको छ । पहिलो टेष्टमा इंग्लैण्डसंग पराजित भएको भारतले बाकी दुई टेष्टमा जित हासिल गरेको थियो । हैदरवादमा भएको पहिलो टेष्टमा इंग्लैण्ड २८ रनले विजयी भएको थियो भने भारतले विसाखापटनम टेष्ट १०६ रन र राजकोट टेष्ट ४३६ रनले जितेको थियो । जारी सिरिजको अन्तिम खेल मार्च ८ तारिख देखि धर्मशालामा खेलिनेछ । 

अस्ट्रेलिया न्युजिलैण्ड टि २०

अस्ट्रेलिया र न्यजिलैण्ड विच ३ खेलको टि २० सिरिज अन्रतगत आज दोस्रो खेल हुदैछ । न्यूजिलैण्डको अकलैण्डमा नेपाली समय अनुसार अपरान्ह १२ बजे देखि खेल शुरु हुनेछ । ३ खेलको सिरिजमा अस्ट्रेलियाले पहिलो खेल जित्दै सिरिजमा १-० को अग्रता लिएको छ । 


प्रतिक्रिया