फाइनलमा अस्ट्रेलिया र भारत मध्ये को बलियो ?

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, मंसिर २

विश्वकप क्रिकेट २०२३ को फाइनलमा अस्ट्रेलिया र भारतका विच भोली अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा प्रतिस्पर्धा हुदैछ । जारि प्रतियोतिगामा भारतले १० खेलमा अपराजित रहदै फाइनल सम्मको यात्रा तय गरेको हो भने अस्ट्रेलियाले समुह चरणमा भारत र दक्षिण अफ्रिकासंगको खेल गुमाएको थियो । भारतले सेमिफाइनलमा न्युजिलैण्डलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई । जारि प्रतियोगितामा भारत बलिंग र ब्याटिंग दुबैमा उच्च लयमा देखिएको छ भने अस्ट्रेलियाले पनि विषम परिस्थितीमा पनि धैर्यताका साथ खेल आफ्नो पक्षमा पारेको छ । 

दुबै देश विचको इतिहासमा भने अस्ट्रेलिया निकै बलियो छ । अस्ट्रेलियाले यो सहित ८ औं पटक फाइनल खेल्दैछ । अस्ट्रेलियाले ५ पटक विश्वकपको उपधि जिति सकेको छ  । भारतले भने यो सहित चौथो पटक फाइनल खेल्दैछ यसले अहिले सम्म दुई पटक मात्र उपाधि जितेको छ । अस्ट्रेलियाले यसअघि सन २००३ को विश्वकपमा भारतलाई फाइनलमा पराजित गरि उपाधि जितेको थियो । अस्ट्रेलियाले अहिले सम्म १९८७, १९९९,२००३,२००७ र २०१५ मा गरि ५ पटक विश्वकपको उपाधि चुमेको छ । भारतले भने १९८३ मा कपिल देवको कप्तानीमा र २०११ मा महेन्द्र सिंह धोनीको कप्तानीमा दुई पटक विश्वकपको उपाधी जितेको छ । 

दुबै देश विच अहिले सम्म खेलिएको खेलमा पनि अस्ट्रेलियानै बलियो देखिएको छ । दुई देश विच अहिले सम्म १५० एकदिवसीय क्रिकेट खेलिएको छ जसमा अस्ट्रेलियाले ८३ मा जित हासिल गरेको भने भारतले ५७ मात्र जितेको छ । विश्वकप क्रिकेटमा पनि अस्ट्रेलियाले नै बढि खेल खेलको छ । विश्वकपमा दुई देश अहिले सम्म १३ पटक भिड्दा ८ पटक अस्ट्रेलियाले जित हासिल गरेको छ भने भारतले ५ मा मात्र जितेको छ । जारि विश्वकपको समुह चरणको खेलमा भने भारतले अस्ट्रेलियालाई पराजित गरेको थियो । 

जारि विश्वकपमा भारतिय टोली सन्तुलित देखिन्छ । कप्तान रोहित शर्मा, शुभमन गिल विराट कोहली र श्रेस ऐयरले उत्कृष्ट ब्याटिंग गरिरहेका छन । टिमलाई आवश्यकता परेको बेला केएल राहुल, सुर्यकुमार यादव र रविन्द्र जडेजाले पनि रन बनाएका छन । बलिंगमा भारतका मोहम्मद सामी उच्च लयमा रहेका छन । २३ विकेट लिएर उनी यो प्रतियोगितामा सबैभन्दा वढि विकेट लिने खेलाडीको १ नम्बरको सुचिमा छन । यस्तै जसप्रित बुमराह र मोहम्मद सिराजका साथै स्पीनर कुलदिप यादव र रविन्द्र जडेजाले पनि महत्वपुर्ण विकेट हासिल गरेका छन । 

समुह चरणमा दुई हार ब्यहोरे पनि अस्ट्रेलियाको टोली पनि महबुत छ । अस्ट्रेलियाका सबै खेलाडी मेच विनरको भुमिका खेल्न सक्छन भन्ने उनीहरुले समुह चरणको खेलमा देखाई सकेका छन । डेभिड वार्नर, ट्रभिस हेड आक्रमक ओपनिंग गर्न सक्षम छन भने मध्यक्रममा मिचेल मार्स, स्टेभन स्मिथ, ग्लेन मैक्सवेल, मार्लस लबुसचेनले आक्रमक तथा बलियो आधार तयार गर्छन । यस्तै विकेटकिपर जोस इंग्लिस र कप्तान पेट कमिन्सले पनि धैर्यपुर्ण पारि खेल्दै टिमलाई जित दिलाएका छन । बलिंगमा अस्ट्रेलियाका एडम जम्पाले अहिले सम्म २२ विकेट लिइसकेका छन । उनी धेरै विकेट लिने खेलाडीमा दोस्रो नम्बरमा छन । यस्तै पेट कमिन्स, जोस हेजलवुड, र मिचेल स्र्टाक उच्च लयमा छन । टिमलाई आवश्यक विकेट दिलाउन ग्लेन मैक्सवेलको पनि भुमिका निकै महत्वपूर्ण छ । 

भोलीको खेलमा पनि टस निकै महत्वपूर्ण हुनेछ । टस जित्ने टोलीले पहिले ब्याटिंग गर्ने छन । 


प्रतिक्रिया