सुभेष सिनाल
काठमाण्डौं, फागुन ५
नेदरलैण्ड्स माथी नेपालले सानदार जित हासिल गरेको छ । लिग २ को दोस्रो खेलमा नेदरलैण्ड्सले दिएको १३८ रनको लक्ष्य नेपालले १६ औं ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेदरलैण्डस माथी ९ विकेटको प्रभावशाली जित हासिल गर्ने क्रममा अनिल शाह र आरिफ शेखले अर्धसतकिय पारी खेले । आरिफले ४३ बलमा अर्धसतक बनाए भने अनिल शाहले २९ बलमा अर्धसतक बनाए । भुर्तेल आउट भएपछि मैदानमा आएका अनिल शाहले पनि नेपालको लयलाई कम हुन दिएनन । शाहले पनि २९ बलमा अर्धसतक प्रहार गरे । अनिल शाहले नट आउट ५७ रन र आरिफ सेखले नटआउट ५४ रन बनाएर नेपालको जित सुनिश्चित गरे । नेपालका ओपनर कुशल भुर्तेलले आक्रमक ब्याटिंग गर्दै ११ बलमा ३ छक्का र २ चौकाको मद्दतमा २८ रन बनाएर नेपाललाई ठोष शुरुवात दिलाएका थिए । नेपालको एकमात्र विकेट नेदरलैण्डका किंग्माले लिएका थिए ।
यसअघि विहान टस जितेर नेपालले पहिले फिल्डिंग गर्दै नेदरलैण्डलाई १३७ रनमा अल आउट गरेको थियो । नेपाललाई सोमपाल कामीले पहिलो ओभरमै सफलता दिलाएका थिए । नेपालका तर्फबाट आज सबै भन्दा वढि कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिएको खेलमा नेदरलैण्डका २ खेलाडी रनआउट भएका थिए ।
नेदरलैण्डसका कप्तान स्कट इडवर्डले ३३ रन बनाए भने सयब्रन्ड इन्गेलव्रेच्टले २३, बासदे लिदेले २७ रनको योगदान गरेका थिए ।