लिग २ को पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, फागुन ३

विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिवियासंग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको लक्ष्य नामिवियाले ३४ औ ओभरको पहिलो बलमा ६ विकेट गुमाएर पुरा गर्यो । नामिवियाका माइकल भेनले २३, जेन फ्रेन्लिंकले ३४, जेन निकोलले ३१, जेजे स्मिथले १७ र निकोलस डेभिनले १५ रन बनाएर टिमको जित सुनिश्चित गरे । नेपालका तर्फबाट सोमपाल कामीले ७ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । यस्तै ललित राजवंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए । 

यस अघि नेपालले खराब प्रदर्शन गर्दै ४१ औ ओभरमा सवै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।  पहिलो बलमा नै कुशल भुर्तेललाई गुमाएको नेपालले लगातार विकेट गुमाए पछि दबाबमा खराब प्रर्दशन गर्यो । कुशलको स्थानमा ब्याटिंग गर्न आएका अनिल शाह पनि ८ रन मात्र जोडेर आउट भए । त्यसपछि कप्तान रोहित पौडेल १ रनम आउट भए  मध्यक्रममा ब्याटिंग गर्न आएका भिम सार्कीले ८६ बलको सामना गर्दै ४४ रन बनाए । भिम पछि कुशल मल्लले १५ रन, गुलशन झाले २२, करण केसीले १६ र पवन श्राफले १२ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । 


नेपालले अव दोस्रोे खेल शनिवार नेदरलैण्ड्ससंग खेल्नेछ । 


प्रतिक्रिया