लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

Jhalkonepal

 लुम्बिनी , जेठ २१

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनीको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ। 

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया