आईसीसी महिला टी–२० विश्वकप : न्युजिल्यान्ड फाइनल प्रवेश

Jhalkonepal

काठमाडौँ , कात्तिक ३ 

वेस्ट इन्डिजलाई आठ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्यान्डले दिएकाे १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रनमात्रै बनाउन सक्याे । वेस्ट इन्डिजका लागि दिन्द्रा डोटिनले सर्वाधिक ३३ रन बनाइन् । न्युजिल्यान्डका लागि इडन कार्सनले ३ विकेट लिइन् ।

त्यसअघि यूएईको शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । न्युजिल्यान्डकी जर्जिअ प्लिमेरले ३३ रन बनाइन् । वेस्ट इन्डिजकी दिन्द्रा डोटिनले ४ विकेट लिइन् ।

न्युजिल्यान्ड तेस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिका लागि भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अस्ति बिहीवार साविक विजेता अस्ट्रेलियालाई हराउँदै दोस्रो पटक फाइनलमा पुगेको थियो ।


प्रतिक्रिया