विराटनगर , फागुन १६
कोशी प्रदेश स्तरीय सफ्ट टेनिस
प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश
सरकारको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता
हुन लागेको हो ।
१८ गते सम्म चल्ने
प्रतियोगितामा कोशी प्रदेशका ३० जना बढी खेलाडीहरूको सहभागिता रहने
मोरङ जिल्ला सफ्ट टेनिस सङ्घका अध्यक्ष श्याम कुमार लामाले जानकारी दिनु भयो ।
प्रतियोगिताको आज दिउसो १
बजे प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्यसचिव हंशराज वाग्लेले उद्घाटन
गर्ने कार्यक्रम रहेको संंघका अध्यक्ष लामाले जानकारी दिनु भयो ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका कोशी प्रदेशका आधा दर्जन बढी खेलाडीहरू सहभागिता हुदैछ । ७ वटा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका अभिषेक अमन झा जस्ता खेलाडी यो प्रितयोगितामा हुनुले खेलाडीहरूमा उत्साहा जगाउने संंघका अध्यक्ष लामाकाे भनाई छ ।