सुभेष सिनाल
काठमाण्डौं, जेठ २३
टि२० विश्वकप २०२४ अन्तरगत आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । हिजो राति भएको खेलमा भारतले आयरलैण्डलाई ८ विकेटले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिंग गरेको भारतले आयरलैण्डलाई ९६ रनमा अल आउट गर्यो । आयरलैण्डको पुरै टिम १६ औं ओभरमा अल आउट हुदाँ भारतका हार्दिक पाण्ड्याले ३, जसप्रित बुमराहले २ अर्सदिपसिंहले २ र मोहम्मद सिराजले १ विकेट लिए ।
आयरलैण्डका ग्रेथ डिलेनले २६ रन बनाउदा जोस लिटिलले १४ र कर्टिस क्याम्फेरले १२ रन बनाउनु बाहेक अन्य व्याटरले रन बनाउन सकेनन् ।
९७ रनको लक्ष्य भारतले १३ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । कप्तान रोहित शर्माले ५२ रन र विकेट किपर रिसब पन्तले ३६ र रन बनाएर टिमलाई जित सम्म पुगाए । भारतका विराट कोहली १ र सुर्यकुमार यादव २ रन बनाएर आउट भएका थिए । आयरलैण्डका मार्क अदिर र वेन वाइटले १,१ विकेट लिए ।
टि२० विश्वकपमा आज अस्ट्रेलिया र ओमान तथा युगान्डा र पिएनजी विच खेल हुदैछ ।