इंडियन प्रिमियर लिगः गुजरात टाईटन्स माथि लखनऊ सुपर जाएन्ट्स ३३ रनले विजय

Jhalkonepal

काठमाण्डाैं , चैत २६

इंडियन प्रिमियर लिग अन्तर्गत आईतवार भएको दोस्रो खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले गुजरात टाईटन्स माथि ३३ रनको जित हासिल गरियो हो ।

लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक वनमा पुग्यो । यस्तै राहुल तेवातियालिए ३० र शुभमन गिलले १७ रन बनाउनु बाहेक अन्यको उल्लेखनीय प्रदर्शन रहन सकेन ।

लखनऊका लागि यश दयालले ५ विकेट लिए , क्रुनाल पन्ड्याले ३ तथा नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनायो । लखनऊका लागि मार्कस स्टोइनिसले ४३ बलमा ५८ रन बनाए । यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।

लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए भने राशिद खानले १ विकेट लिए ।

जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।

आईपिएलमा सोमबार चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।

 

प्रतिक्रिया