सुनसरी , फागुन ३०
आयोजक धरान
फुटबल क्लबलाई पराजित गर्दै एन्फा मोरङ २४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण
बुढासुब्बा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
धरान
रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई
पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङ उपाधि
नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि
खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिएको हो ।
पेनाल्टीमा
धरानका मिलन राईको प्रहार मोरङका गोल किपर पूर्ण चेम्जोङले रोकपछी धरान पराजित
बन्न पुगेको हो । धरानका दोर्जे तामाङ, विजय
राई, अनिल राई र सुगम जिमीले मात्र गोल गरे । मोरङको तर्फबाट
अशोक खवास, धिरेन क्षेत्री, साइमन
लिम्बु, आदित्य शाक्य र सागर तिवारी सहित पाँचै जनाको प्रहार
गोलमा परिणत भएको थियो ।
खेलको म्यान
अफद म्याच मोरङका गोलकिपर पूर्ण चेम्जोङ घोषित भए । उनले नगद १० हजार पाए । यस अधि
निर्धारित समयमा दुवै टिमले आक्रामक खेल प्रस्तुत गर्न सकेनन् । खेलको ३२ औँ
मिनेटमा धरानका प्रवीण भुजेलले मोरङका भुवन बस्नेतलाई खराब टयाकल गरेपछि दोहोरो
पहेँलो कार्ड हुँदै रेड कार्ड पाएर मैदान बाहिरिए ।
१० खेलाडीमा
सीमित धरानमाथि बाँकी समय मोरङले गोल गर्न नसक्दा पेनाल्टी सुट आउटसम्म कुर्नु
परेको थियो । धरानले पनि खेलको ६० औँ मिनेटमा पाएको अवसर खेरा फाल्यो । विनोद राई
वान भर्सेज वान मा गोल गर्न चुके । उनको प्रहार गोलकिपर पूर्णले रोके ।
बिहीबार को
अन्तिम सेमिफाइनल खेल काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र न्यु रोड टिम
एनआरटीबिच हुनेछ ।
शनिवार हुने
फाइनल विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार
प्राप्त गर्ने छन् ।