दक्षिण अफ्रिकालाई किन भनिन्छ चोकर्स !

Jhalkonepal

खेलकुद, कार्तिक २८

विश्व क्रिकेटमा दक्षिण अफ्रिकालाई चोकर्सको उपाधि दिइन्छ । चोकर्स अर्थात घाटीको पट्टी । सेमिफाइनल भनेको कुनै प्रतियोगिताको घाटी हो । यो भन्दा माथि  पुग्न नसकेकोले दक्षिण अफ्रिकाले चोकर्सको उपाधि पाएको हो । विश्वकप क्रिकेटमा १३ वटा संस्करण मध्ये दक्षिण अफ्रिकाले ९ वटामा मात्र भाग लिएको छ । दक्षिण अफ्रिकाले पहिलो पटक सन १९९२ मा भएको विश्वकपमा सहभागिता जनाएको थियो । सन १९९२ देखि विश्वकप क्रिकेट खेल्न शुरु गरेको दक्षिण अफ्रिकाले त्यस यता ४ पटक सेमिफाइनल खेलिसकेको छ भने जारि विश्वकपमा पाचौं पटक सेमिफाइनलमा पुगेको छ ।  तर हरेक पटक सेमिफाइनलमा नाटकिय रुपमा पराजित हुदै विश्वकपको फाइनल पुग्ने अवसर गुमाउदै आएकोले यो टोलीले चोकर्सको उपाधी पाएको हो ।   

विश्वकप क्रिकेटमा प्रतियोगिता भरि राम्रो खेल्दा खेल्दै पनि महत्वपूर्ण खेलमा कहिल्यै आफ्नै प्रर्दशनले त कहिले भाग्ले साथ नदिएर दक्षिण अफ्रिका स्तब्ध बन्दै आएको छ । पहिलो सहभागितामा नै दक्षिण अफ्रिकाले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनल सम्म यात्रा तय गर्यो । सेमिफाइनलमा इंग्लैण्डसंग खेल्दा बर्षाले छोट्याइएको खेलमा राम्रो खेल्दा खेल्दै पनि दक्षिण अफ्रिका पराजित हुन पुग्यो । त्यो बेला देखि विश्वकपमा शुरु भएको दक्षिण अफ्रिकाको बेड लक २०१५ विश्वकप सेमिफाइनल सम्म जारि थियो । र फेरी एकपटक दक्षिण अफ्रिका पुरानै अवस्थामा छ । 

सन १९९९ मा अस्टे«लियासंग पनि दक्षिण अफ्रिका नाटकिय रुपमै पराजित भयो । यस्तै सन २००७ को विश्वकपमा पनि अस्टे«लियाले नै दक्षिण अफ्रिकाको फाइनलको बाटो छेक्यो भने सन २०१५ को विश्वकपमा न्युजिलैण्ड दक्षिण अफ्रिकाको लागि तगारो बन्यो । 

१९९२ देखि अहिले सम्म हरेक पटक एक विश्वकप छोडेर अर्कोमा सेमिफाइनलमा स्थान बनाएदै आएको छ । १९९२ मा पहिलो सेमिफाइनल खेले पछि दक्षिण अफ्रिकाले १९९९, २००७ र २०१५ को विश्वकप सेमिफाइनल खेलिसकेको छ । एकपटक फेरी अस्ट्रेलिया नै सेमिफाइनलमा दक्षिण अफ्रिकाको प्रतिद्धन्द्धी भएर आएको छ । कोलकत्तामा १६ नोभेम्बरमा हुने दोस्रो सेमिफाइनलमा अस्टे«लियालाई पराजित गरि आफु माथी लागेको चोकर्सको दाग पखाल्न दक्षिण अफ्रिकाले कोशिष गर्नेछ । अर्को तर्फ महत्वपूर्ण प्रतिस्पर्धामा डगमगाउने वा भाग्यले साथ नदिने भएकोले दक्षिण अफ्रिका माथी हुने मनोवैज्ञानिक दवावबाट अस्टे«लियाले फाइदा उठाउने कोशिष गर्नेछ । यदपी अस्टे«लिया पनि भाग्यको सहाराले मात्र नभई आफ्नै बलबुतामा फाइनल पुग्न सक्षम टोली हो ।

दक्षिण अफ्रिका र अस्टे«लिया विच हुने खेल बर्षाले प्रभावित गर्न सक्ने मौषमको पुर्वानुमान छ । यदी १६ नोभेम्बरमा खेल हुन सकेन भने रिर्जव डे अर्थात १७ नोभेम्बरमा खेल हुनेछ  । १७ नोभेम्बरमा पनि यदी बर्षा बाधक भएमा भने यो पटक दक्षिण अफ्रिकालाई भाग्यले साथ दिनेछ । किनभने यो पटक आईसीसीले सेमिफाइनल रिर्जव डेमा पनि नटुंगिए । समुह चरणमा अंक तालिकामा माथिल्लो स्थानमा हुने टिमलाई विजेता घोषणा गर्नेछ । यस्तो भएमा समुह चरणमा दुबै देशको समान १४ अंक छ । तर रनरेटमा दक्षिण अफ्रिका माथि भएकोले उसले फाइनलमा स्थान बनाउनेछ । 

               अस्ट्रेलिया र दक्षिण अफ्रिका विच सेमिफाइनल खेलिने कोलकत्ताको इडेन गार्डेन मैदान 

के दक्षिण अफ्रिकाले आफु माथि लागेको चोकर्सको दाग मेट्न सक्ला ? के उसलाई यसपटक भाग्यले साथ देला ? वा यो पटक पनि अभागी टोली बन्दै पाचौं समिफाइनलको अनुभव बटुलेर घर फर्किनेछ ? यसको लागि १६ नोभेम्बर सम्मको प्रतिक्षा क्रिकेट प्रेमीहरुले गरिरहेका छन ।  


प्रतिक्रिया