सुभेष सिनाल
काठमाण्डौं, फागुन १०
क्यानडाले नेपाल ए विरुद्धको तेस्रो एकदिवसीय क्रिकेट ४ विकेटले जितेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै क्यानडाले २-१ ले सिरिज जितेको हो ।
मुलपानमीमा आज विहान टस जितेर नेपाल ए लाई पहिले ब्याटिंगको निम्तो दिएको क्यानडाले नेपाल ए टिमलाई ४७ औ ओभरमा १८१ रनमा अल आउट गरेको थियो । नेपाल ए का तर्फबाट ओपनर आसुतोष घिरियाले २८ र अजुर्न कुमालले २७ रन बनाए । यस्तै सन्दिप जोराले २४, सुजन थपलियाले २०, रसिद खानले १९, बसिर अहमदले २५ र प्रतिस जिसीले १९ रन बनाए । नेपाली ब्याटरहरुले नियमित अन्तरालमा विकेट गुमाए पछि नेपाल १८१ मै सिमित भएको हो । नेपाली ब्याटरहरुलाई अंकुश लगाउन निक्लोस किर्टोनले २, डिल्लन हेलिडरले २, हर्ष ठेक्करले २ तथा साद विन र कलिम सनाले १,१ विकेट लिए ।
१८२ रनको पछ्याउन मैदानमा उत्रिएको क्यानडाले ३९ औ ओभरमा ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । क्यानडाका निकोलस क्रिटोनले नट आउट ५८ रन, आरोन जोन्सनले ४२ रन , नवनित धालिवालले ३८ रन बनाएर टिमको जित सुनिश्चित गरे ।
नेपाल एका तर्फबाट साहव आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदले १,१ विकेट लिए ।
जितसंगै क्यानडाले ३ खेलको सिरिज २-१ ले जितेको छ । आइसीसी विश्वकप लिग २ को तयारीको लागि नेपाल आएको क्यानडाको टोलीले यस अघि नेपाली राष्ट्रिय टोली संग पनि ३ खेलको सिरिज खेलेको थियो । जसमा नेपालले ३-० ले क्लीन स्वीप गर्दै सिरिज जितेको थियो ।