आइपीएल २०२४ मा चेन्नइ शिर्ष स्थानमा

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, चैत्र १६


इन्डीयन प्रिमियर लिग (आइपीएल) २०२४ शुरु भएको एक सातामा ९ वटा खेलहरु भएका छन । प्रतियोगितामा चेन्नइ सुपर किंग्स २ खेलमा २ जित सहित शिर्ष स्थानमा रहेको छ । यस्तै २ खेलमा ४ अंक जोडेको राजस्थान रोयल्यस रन रेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । १० टोली सम्मलित प्रतियोतिगामा सनराइर्जस हैदरावाद, कोलकटा नाइट राइर्डस, पंजाव किंग्स, रोयल च्यालेन्र्जस अफ बँेगलुरु र गुजराज जायन्डस क्रमशः तेस्रो देखि सातौ स्थानमा रहेका छन । यी सबै टोलीको समान २ अक रहेको छ । 


प्रतियोगितामा डेल्ही क्यापिट्लस, मुम्बइ इन्डीयन र लखनउ जायन्टसले भने अंक जोड्न सकेका छैनन । प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बेग्लुरु र कोलकटा नाइट राइर्डसका विच प्रतिस्पर्धा हुदैछ । 

हिजो राती भएको खेलमा राजस्थान रोयल्यसले दिल्ली क्यापिट्लसलाई १२ रनले पराजित गरेको थियो । पहिलो ब्याटिंग गरेको राजस्थान रोयल्यसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिट्सले ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । 

प्रतिक्रिया