काठमाण्डौं, माघ २१
नेपाल क्रिकेट संघ क्यानले डिभिजन २ र त्यस अघिको क्यानडासंगको सिरिज खेल्ने टोलीको घोषणा गरेको छ ।
यही माघ २५ गते देखि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग तिन खेलको एकदिवसीय सिरिज खेल्दैछ । आइसीसी विश्वकप लिग २ को नयाँ सिजन अन्तरगत नेपालले नामिविया र नेदरलैण्ड्ससँगको त्रिकोणात्मक सिरिज पनि क्यानडासंगको सिरिज लगत्तै खेल्नेछ । दुबै सिरिजको लागि नेपाल क्रिकेटसंघ क्यानले आज प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
क्यानडासँगको सिरिजमा अण्डर १९ विश्वकपमा उच्च लयमा देखिएका आकाश चन्दले मौका पाएका छन् भने गुलशन झा टोली बाहिर परेका छन्।
क्यानडासँगको सिरिजमा खेल्ने नेपाली टोली :
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।
लिग २ खेल्ने नेपाली टोली :
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।