काठमाण्डौं, फागुन १४
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको तलब र ग्रेड निर्धारण गरेको छ । क्यानको आज बसेको बैडकले क्रिकेटका महिला तथा पुरुष खेलाडीहरुको बर्गिकरण गरि सोही अनुरुप तलब समेत निर्धारण गरेको छ ।
क्यानले गरेको बर्गिकरण अनुसार पुरुष तर्फ ए ग्रेडका खेलाडीको मासिक तबल १ लाख हुनेछ । यस्तै वि ग्रेडको ७० हजार, सी ग्रेडको ५५ हजार, डी ग्रेडको ३५ हजार र ईमर्जिंग क्याटोगरीलाइ २५ हजार मासिक तलब उपलव्ध गराउनेछ ।
यस्तै महिला तर्फ ए ग्रेडको ५० हजार, वि ग्रेडको ३५ हजार, सी ग्रेडको ३० हजार, डी ग्रेडको २५ हजार र इमर्जिंग क्याटोगरीको २० हजार मासिक तलब हुनेछ ।
पुरुष तर्फ ए ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन ।
यस्तै वी ग्रेडमा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित राजवंशी, आरिफ सेख र अविनास बोहरा
ग्रे सी अन्तरगत विनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी र ग्रेड डी मा पवन सर्राफ सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकास चन्द बसिर अहमद र सुर्य तामांग रहेका छन ।
यस्तै ईमर्जिंग क्याटोगरीमा ः कोशीबाट दिपेश कंडेल, मधेशबाट रुपेस सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट विपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी रहेका छन ।
यस्तै महिला तर्फ ए ग्रेडमा इन्दु बर्मा, रुबिना क्षेत्री, सीता रानामगर, ग्रेड बी मा कबिता कुँबर, ग्रेड सीमा पुजा महतो र अश्मिना कर्मचार्य तथा ग्रेड डी मा अप्सरी बेगम, कबिता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन।
यस्तै इमर्जिंग क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनीका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृष्टी जैसी, सम्झना कुमारी खडका र सना प्रविन रहेका छन ।