विराटनगर, पौष ०२
नेपाल प्रहरी श्रीमती सङ्घ र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि. विराटनगर बिच सम्झौता भएको छ । नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवालाई उपचार सेवामा २५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
आज नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवर र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक इन्दिरा शर्मा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभा हलमा सम्पन्न भएको एक विशेष कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू आमा, बुबा, श्रीमान् वा श्रीमती, अविवाहित छोरा, छोरीहरू० लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतामा उल्लेख गरिएको छ ।
हाललाई १ वर्षको सम्झौता अवधि रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
१ पुस २०८०, सोमबार ०३:४५ मा प्रकाशित