सुनको मूल्य तोलामा ४२०० रुपैयाँ घट्यो

Jhalkonepal

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो । 

प्रतिक्रिया