आइसिसी यु–१९ महिला टि–२० : नेपाल युएई सँग पराजित

Jhalkonepal

काठमाण्डौ,कार्तिक २४

आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाल युएई सँग पराजित भएको छ। 

युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रंगशालामा आज भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो।

युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो।

एसिया छनोटमा नेपालको यो पहिलो हार हो।

यसअघि नेपालले दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

नेपालले आइतबार थाइल्याण्डसँग चौथो खेल खेल्नेछ ।

 

प्रतिक्रिया