काठमाण्डाै, कार्तिक २९
आईसीसी महिला यु-१९ टी-२० विश्वकपका लागि छनोट भएको यु-१९ नेपाली महिला क्रिकेट
टिमका खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) ले जनही साढे २ लाख रुपैयाँ
पुरस्कार दिने भएको छ ।
बिहीबार क्यानले सन् २०२५ को जनवरीमा मलेसियामा हुने आईसीसी महिला
यु-१९ टी-२० विश्वकपका लागि छनोट भएको यु-१९ महिला क्रिकेट टिमका खेलाडीहरूलाई
जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । क्यानका प्रवक्ता छुम्बी
लामाका अनुसार यु-१९ महिला टिमका टिम अफिसियलहरूलाई जनही एक लाख रुपैयाँ पुरस्कार
दिइने छ ।
बुधबार आयोजक यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आईसीसी महिला
यु-१९ टी-२० विश्वकपमा छनोट भएको थियो । नेपाल सन् २०२५ को १८ जनवरीदेखि २ फेब्रुअरीसम्म
मलेसियामा हुने आईसीसी महिला यु-१९ टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह 'डी' मा छ ।