काठमाण्डौं, फागुन १४
भारतले इंग्लैण्डलाई चौथो टेष्टमा पराजित गरेको छ । ५ खेलको सिरिजमा भारतले लगातार तेस्रो खेलमा जित हासिल गरेको हो । चौथो टेष्टको दोस्रो पारीमा इंग्लैण्डले दिएको १९२ रनको लक्ष्य भारतले चौथो दिनको खेल सकिनु अगावै ५ विकेटको क्षतिमा पुरा गर्यो । आज बिहान ४० रनबाट अगाडी खेल्नु शुरु गरेको भारतले ५ विकेट गुमाएर १९२ रन बनाउदै खेल जितेको हो ।
भारतका तर्फबाट रोहित शर्माले ५५ रन बनाए भने शुभमन गिलले नट आउट ५२ रन बनाए । यस्तै यसस्वी जयसवालले ३७ र धु्रव जुरेलले नटआउट ३९ रन बनाए । दोस्रा पारीमा इंग्लैण्डका सोएव बासिरले ३ विकेट लिए, जोए रुटले १ टोम हर्टलीले १ विकेट लिए ।
धु्रव जुरेललाई म्यान अफ दी म्याच घोषणा गरिएको छ। यो जित संगै भारतले श्रृंखला जितेको छ । दुइ देश विच पाँचौ टेष्ट ७ मार्च देखी धर्मशालामा खेलिनेछ ।
१३ फाल्गुण २०८०, सोमबार ०४:२० मा प्रकाशित