सुर्खेत, कात्तिक ११
सामूहिक हत्याको आशंका गरिएको मुगुको घटना अनुसन्धानका लागि कुकुरसहितको प्रहरीको विशेष टोली पुगेको छ।
छायाँनाथ रारा नगरपालिका–५ मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष टोली खटाएको हो।
बिहान कुकुरसहितको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
१० कार्तिक २०८०, शनिवार १२:४६ मा प्रकाशित