सुभेष सिनाल
काठमाण्डौं, फागुन १३
भारत र इंग्लैण्ड विच चलिरहेको चौथो टेष्टमा भारत जित तर्फ अग्रसर भएको छ । तेस्रो दिनको खेल सकिदा भारतले दोस्रो पारीमा विकेट नगुमाइ ४० रन जोडेको छ । तेस्रो दिनको खेल शुरु हुदाँ भारतले पहिलो पारीमा २१९ रनबाट खेल्न शुरु गरि आफ्ना सबै विकेट गुमाउदा ३०७ रन बनाएको थियो । पहिलो पारीमा ४६ रनको अग्रता लिए पनि इंग्लैण्डले दोस्रो पारीमा निरासजनक प्रदर्शन गरे पछि हारको मुखमा पुगेको हो । दोस्रो पारीमा इंग्लैण्डले १४५ रन मात्र बनाएर आफ्ना सबै विकेट गुमायो । इंग्लैण्डका जेक क्रोलीले ६० रन र जोनी ब्रास्टोले ३० रन बनाउन बाहेक दोस्रो पारीमा अन्य ब्याटरले रन बनाउन सकेनन् ।
भारतका तर्फबाट रविचन्द्रन आश्विनले ५ विकेट लिए भने कुलदिप यादवले ४ तथा रविन्द्र जडेजाले १ विकेट लिएर इंग्लैण्डलाई १४५ रनमा अल आउट गरेका थिए ।
पहिलो पारीमा इंग्लैण्डले पाएको ४६ रनको अग्रतालाइ जोडेर भारतले १९२ रनको लक्ष्य पाएको हो । भारतले तेस्रो दिनको खेल सकिदा विकेट नगुमाएर ४० रन जोडिसकेको छ । भारतका कप्तान रोहित शर्मा २४ र यसस्वी जयसवाल १६ रन बनाएर खेलिरहेका छन । चौथो दिन भारतले बाकी १५२ रन बनाउन सके भारतले खेल संगै सिरिज पनि जित्नेछ ।
५ खेलको सिरिजमा भारत २(१ ले अगाडी छ ।