धनकुटा , चैत २७
आगोमा जलेर
घाइते भएका धनकुटा नगरपालिका वडा नं ३ कागतेका एक वालकको उपचारका निम्ति
काठमाण्डौं लैजादै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
कागतेका राजु श्रेष्ठले आफ्नो बारीमा
झ्यास भेला गरी आगो बालेर खेत जोत्न गएको समयमा सोही स्थान नजिकै खेलिरहेका उनका
१० वर्षका छोरा रोशन श्रेष्ठ र ३ वर्षका विवेक श्रेष्ठ आगोमा परेर घाईते भएका थिए
।
आगोमा जलेर घाईते भएका उनिहरुलाई धनकुटा
जिल्ला अस्पतालमा सामान्य उपचार गरि रोशनको विराटनगरमा उपचार भईहेको छ भने विवेकको विराटनगरमा
उपचार हुन नसकेपछि काठमाण्डौं तर्फ लाँदै गर्दा बाटोमै मृत्यू भएको
जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको हाे ।
२५ चैत २०८०, सोमबार ०७:४६ मा प्रकाशित