२४ महिने कार्यगत अभ्यास सहितको तालिममा जान चाहने प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण

Jhalkonepal

काठमाडाैं , असाेज १५ 


 सुनसरीकाे रामधुनी नगरपालिकामा  २४ महिने कार्यगत अभ्यास सहितको विभिन्न विषयका तालिमहरूमा जान चाहने  प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण गरिएको छ । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना इन्सियोर  अन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट सञ्चालन हुने २४ महिने कार्यगत अभ्यास सहितको विभिन्न विषयका तालिमहरूमा जान चाहने रामधुनी नगरपालिकाका प्रशिक्षार्थीहरूलाई सहभागी गराई उनीहरूलाई विषय छनोट तथा विषयगत जानकारी सहितको  अभिमुखीकरण गराइएको  रोजगार शाखा प्रमुख खगेन्द्र सुब्बाले बताउनु भयाे । 


 कार्यक्रम मनमोहन मेमोरियल पाेलिटेक्नीक क्याम्पस हात्तिमुढा सँगको सहकार्य तथा हेल्भेटास नेपालको  प्राविधिक सहयोगमा रोजगार शाखा रामधुनिले आयोजना गरेको हो ।


कार्यक्रममा नगर प्रमुख श्री शङ्करलाल चौधरी, उपप्रमुख तारा थापा , प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी , लगायत शाखा प्रमुखहरू साथै मनमोहन मेमोरियलका प्राचार्य  सुदीप अधिकारी  , श्री नरबहादुर कर्माचार्य वहुप्राविधिक शिक्षालय इटहरीका बहादुर सिंह तामाङ उद्योग प्रतिष्ठानका प्रतिनिधि निर्माण व्यवसायीहरू लगायत विद्यार्थीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियो । 

 

प्रतिक्रिया