काठमाडौँ- , साउन १९
काभा महिला भलिबल नेसन्स लिगमा आज (शनिबार)
नेपाल र भारत भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा
हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यो खेल दिउँसो ३
बजेपछि सुरु हुनेछ।
लिग चरणमा एक खेल मात्र
खेलेको नेपालको खातामा ३ अंक मात्र छ। नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि
३–० को सोझो सेटमा जित हात पारेको थियो। लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६
अंकमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको
भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो।
जारी लिगमा भारत
नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली
हाबी हुँदै आएको छ। यद्यपी आजको खेलमा नेपाली टोली भारतीय टोलीको कडा चुनौती
पन्छाउने रणनीतिसहित कोर्टमा उत्रनेछ ।
घरेलु मैदानमा लगातार
दुईपटक भारतसँग पराजित महिला टोली आजको खेलमा त्यो हारको बदला लिने योजनामा हुनेछ ।