इटहरी , मङ्सिर २
सुनसरीको इटहरी १३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन ।
दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयले ५ सय मिटर पर पुगेर आगो लगाको प्रहरीले जनाएको छ ।
१ मङ्सिर २०८१, आईतबार ०७:११ मा प्रकाशित