सोलु, असोज २७
सोलुखुम्बुको खुम्वुपासाङ गाउँपालिका ४ स्थित लुबुचेमा खाद्यान्न बोकेको हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान ७ बजेर ११ मिनेटमा लुक्ला हेलिप्याडबाट खाद्यान्नको सामग्री बोकेर लुवुचे तर्फ उडेको मनाङ एयरको 9N-ANJ हेलिकप्टर ७ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो ।
हेलिकप्टर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका ५ टंगालका ५४ वर्षीय प्रकाश सेढाई घाइते भएको हुँदा घाइतेलाई उद्धार गरी फिष्टेल एयरको हेली द्वारा उपचारको लागी ह्याम्स हस्पिटल काठमाण्डौको लगेको छ ।
दुर्घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।
२६ असोज २०८०, शनिवार ०९:२५ मा प्रकाशित