काठमाण्डौ, कार्तिक २९
भारतीय क्रिकेटर शिखर धवनले नेपाल
प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेल्ने भएका छन्। हिमालयन विल्डर्स एन्ड
इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले धवनलाई टोलीमा अनुबन्ध गरेको हो।
धवनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद
र पञ्जाव किंंग्सबाट खेलिसकेका छन्।
सम्झौतापछि धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित
भएको बताएका छन्। ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ। यो लिग खेल्न
म निकै उत्साहित छु,’
कर्णाली याक्समा ज्ञानेन्द्र मल्ल मुख्य
प्रशिक्षक छन्।
मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल
कामी छन्। प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ।
२८ कार्तिक २०८१, बिहिबार ०९:२६ मा प्रकाशित