खराब ब्याटिंग गरेपछि पहिलो खेलमा नेपाल पराजित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ २३

टि२० विश्वकप २०२४ को पहिलो खेलमा नेपाल नेदरलैण्ड्ससंग पराजित भएको छ । अमेरिकामा हिजो राति भएको खेलमा खराब ब्याटिंग गरे पछि नेपालले प्रतियोगितामा सुखद शुरुवात गर्न सकेन । टस हारेर पहिले ब्याटिंग गरेको नेपालले पुरै २० ओभर ब्याटिंग गर्न सकेन । कप्तान रोहितकुमार पौडेलले ५ चौका सहित ३५ रन बनाउनु बाहेक विशेषज्ञ ब्याटरहरुले रन बनाउन सकेनन् । अन्तिम तिर गुलशन झाले १४ र करण केसीले १७ रन बनाएर नेपालको स्कोरलाई जसोतसो सय रन पारि पुगाए । ओपनर कुशल भुर्तेल ७, आसिफ सेख ४, तेस्रो नम्बरका अनिल शाह ११ रन बनाए आउट भए पछि नेपाल बवादमा परेको थियो । कुशल मल्लले ९ रन मात्र बनाउन सके भने दिपेन्द्रसिंह ऐरीले १ रन मात्र जोड्न सके । 

नेदरलैण्डसका लागि टिम प्रिंगेल र लोगान भान वीकले ३,३ विकेट लिए । यस्तै पौल भान मिकरन र डी लिदेले २,२ विकेट लिए । 

१०७ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा आएको नेदरलैण्ड्सलाई दोस्रो ओभरमा पहिलो झडका दिदै नेपालले खेलमा फर्किने कोशिष गर्यो । नेपाली बलरहरुले सामान्य लक्ष्यलाई जोगाउन १९ औ ओभर सम्म खेललाई लग्न निकै कसिलो बलिंग गरे पनि विकेट भने लिन सकेनन् । नेदरलैण्ड्सका ओपनर मैक्स वो वुडले नट आउट ५४  रन बनाएर टिमलाई जित सम्म पुगाए र यस्तै विक्रमजित सिंहले २२ सेब्रान्ड इन्गलबर्डले १४ रन बनाए । 

नेपालका तर्फबाट सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए भने अविनाश बोहराले ३.४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । 

१८ औ ओभरमा नेदरलैण्डलाई जितको लागि १८ बलमा १९ रन बनाउन बाकि रहेको बेला सोमपाल कामीको बलमा लगातार दुई पटक मैक्सवुडको क्याच कप्तान रोहितकुमार पौडेलको हातबाट छुटेपछि नेपालले खेलमा फर्किन सकेन । 

नेपालले अव अर्को खेल दक्षिण अफ्रिका विरुद्ध ८ जुनमा खेल्ने छ । 

विश्वकपमा हिजो स्कटलैण्ड र इग्लैण्डको विचको खेल भने बर्षाका कारण रद्ध भएको थियो 

खराब ब्याटिंग गरे पनि पहिलो खेलमा नेपाल पराजित

प्रतिक्रिया