लिग २: नेपालले स्कटल्यान्ड विरुद्ध खेल्दै

Jhalkonepal

काठमाडौं, जेठ १९

नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा आज सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रन लागेको छ ।

जसअनुसार नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कन लागेको हो । नेपालले २ सय १० दिन अगाडी अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो ।

नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो । सोमवार नेपाली टोलीको ७४औं ओडिआई खेल हो ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन। जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो । खेल आज दिउँसो ३:४५ मा हुंदैछ ।

स्कटल्याण्ड पछि नेपाल पर्सी नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 


प्रतिक्रिया