सुनसरी , मसिंर १०
कोशी प्रदेशमा लागु औषध कारोबारको सङ्ख्या बढ्दो छ । लागु औषध दुर्व्यसन तथा ओसारपसारका घटनामा संलग्न भएको आरोपमा दिनहुँजसो
मानिस पक्राउ परेका खबर सार्वजनिक भइरहेका हुन्छन् ।
प्रदेशमा आर्थिक वर्ष २०७७।७८ मा ६
सय ८० वटा लागु औषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय
बिराटनगरका अनुसार उक्त घटनामा संलग्न ९ सय ७२ जना पुरुष र ७३ जना महिला गरी
जम्म १ हजार ४५ जना पक्राउ परेका थिए । आर्थिक वर्ष
२०७८।७९ मा ७ सय ८० वटा मुद्धा दर्ता
हुँदा १ हजार ६६ जना पुरुष र ५२ जना महिला गरी जम्म १ हजार १ सय १८ जना
पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९।८० मा ७ सय ८९ वटा मुद्धा दर्ता भएको मा १ हजार ७१ जना पुरुष र ७०
जना महिला गरी जम्म १ हजार १ साय ४१ जना पक्राउ परेका थिए ।
चालु आर्थिक वर्षको कार्तिक सम्म ४ महिनाको अवधिभित्र
२ सय ८१ वटा मुद्धा दर्ता भइ सो घटनामा संलग्न ४ सय १२ पुरुष र २४
जन महिला गरी ४ सय ३६ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।यसैबीच
बढ्दो लागुऔषध दुव्र्यसन तथा ओसारपसारका घटनाको त्रि बर्षिय एकमुष्ट जिल्लागत लागु
औषध तथ्याङ्क हेर्दा झापा ,मोरङ , सुनसरी र
उदयपुरमा बढि देखिएको छ । प्रदेश १ का १४ जिल्ला मध्ये झापामा विगत ३ बर्षको लागु
औषध तथ्याङ्क हेर्दा झापामा सबैभन्दा बढि ६सय १ मुद्धा दर्ता हुदा ८ सय ८४ जना
पक्राउ परेका छन भने १९ जना फरार छन त्यसैगरी मोरङमा ८ सय ५२ वटा मुद्धा दर्ता
हुदा १ हजार १ सय ७७ जना पक्राउ परेकाछन् भने ६६ जना फरार सूचिमा छन । त्यस्तैगरी
उदयपुरमा १ सय ८९ वटा मुद्धा दर्ता हुदा २ सय ९० जना पक्राउ परेका छन् भने १७ जना
फरार छन ।
कोशी प्रदेशको १४ वटै जिल्लाको तथ्याङ्क एकमुष्ट हेर्दा ३ बर्षमा २
हजार २ सय ४९ मुद्धा दर्ता भएकोमा पुरुष ३ हजार १ सय ९ जना र महिला १ सय ९५ जना
पक्राउ परेका छन भने १ सय ४८ जना फरार छन । कोशी प्रहरीको यो तथ्याङ्क अनुसार लागु
औषध कारोबार तथा प्रयोगकर्ताको सख्या उच्च देखिन्छ। मुख्यतः प्रयोगकर्ता युवा, किशोर किशोरीको
सङ्ख्या बढ्दै जानु चिन्ताको विषय मात्रै होइन सामाजिक र आर्थिक विकासका लागि समेत
ठुलो चुनौतीको रूपमा खडा भएको देखिन्छ ।
कोशी प्रदेशका अन्य जिल्ला भन्दा
भारतसँग खुल्ला सिमाना जोडिएका झापा, मोरङ र सुनसरी र उदयपुरमा बर्षेनी लागु औषधको अवस्था विकराल बन्दै गएको प्रहरीले
जनाएकाे छ ।