वेष्ट इन्डिजसंग पराजित हुदै न्यूजिलैण्ड समुह चरणबाटै बाहिरिने निश्चित, वेष्ट इन्डिजको सुपर ८ मा स्थान सुरक्षित

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, जेठ ३१

आइसीसी टि२० विश्वकप क्रिकेटबाट न्यूजिलैण्ड समुह चरणबाटै बाहिरिने भएको छ । समुह चरणको दोस्रो खेलमा न्यूजिलैण्ड आयोजक वेष्ट इन्डिजसंग १३ रन ले पराजित भइ समुहको अन्तिम स्थानमा रहेको छ । न्यूजिलैण्डले अव पिएनजी र युगान्डासंग खेल्न बाकी छ । दुबै खेल जितेमा न्यूजिलैण्डको ४ अंक हुनेछ । ३ खेलमा ६ अंक जोडेर आयोजक वेष्टइन्डिज एक खेल अघि नै सुपर ८ मा पुगिसकेकोले दोस्र्रो स्थानको लागि बाकी टोली विच प्रतिस्प्र्धा हुनेछ । अहिले २ खेलमा ४ अंकका साथ अफगानिस्तान दोस्रो स्थानमा छ । अफगानिस्तालने बाकी दुइ खेल पिएनजी र वेष्टइन्डिजसंग खेल्न बाकी छ । अफगानिस्तानले एउटा पनि खेल जित्यो वा वराबरी खेल्या भने सुपर ८को लागि छनौट हुनेछ । 

आज विहान वेष्टइन्डिजमा भएको खेलमा न्यूजिलैण्डले टस जितेर आयोजकलाई पहिले व्याटिंग गर्न लगाएको थियो । शुरुवात खराब रहे पनि वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । २२ रन बनाउदा ४ विकेट गुमाएको अवस्थाबाट शेरफेन रुथफ्रोर्डले नटआउट ६८ रन बनाउर टिमलाई १४९ रन सम्म पुगाए । मध्यक्रममा वेष्टइन्डिजका निकोलस पुरनले १७, एकिल हुसैनले १५ र आन्द्रे रसेलले १४ रनको योगदान गरे । न्यूजिलैण्डका ट्रेन्ट बोल्डले ३ विकेट लिए भने  टिम साउदी र लुकी फार्गुसनले २,२ विकेट लिए । यस्तै जेम्स निशाम र मिचेल सेनेटरले १,१ विकेट लिए । 

१५० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको न्यूजिलैण्डले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ३३ रन चाहिएको अवस्थामा मिचेल सेनेटरले ३ छक्का प्रहार गर्दै रोमाञ्च थपे पनि उनले १९ रनमात्र जोड्न सके । न्यूजिलैण्डका तर्फबाट ग्लेन फिलिप्सले सबैभन्दा वढि ४० रन बनाए । यस्तै फिन एलनले २६, मिचेल सेनेटरले २१ र डेरेल मिचेलले १२ रन बनाए । वेष्टइन्डिजका अल्जारी जोसेफले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । गुडाकेस मोतीले ३ विकेट लिए भने एकिल हुसैन र आन्द्रे रसेलले १,१ विकेट लिए । 


प्रतिक्रिया