सप्तरीमा बस्ती पसेर मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

Jhalkonepal

काठमाडाै , फागुन १९

सप्तरीमा बस्ती पसेर मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बस्ती पसेको बाघले सोमबार बिहान पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो ।सप्तकोशी नगरपालिका–१ खोरिया टोलस्थित सहिद रंगशाला नजिक जंगली बाघले आक्रमण गर्दा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री, ६५ वर्षीय रिजन गोसाई, वडा नम्बर –१ फत्तेपुरका ६० वर्षीय गोपाल बिक र ५० वर्षीय कान्छा राई घाइते भएका थिए । बाघलाइ प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बेस फत्तेपुर सप्तरीको संयुक्त टोली र  कोशी टप्पु वन कार्यालयले  नियन्त्रणमा लिएकाे हाे ।

प्रतिक्रिया