रौतहट, चैत २
रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका—२ मा रहेको शिव मनी ट्रान्सफरमा भारतको बिहारबाट आएका तीन जनाले लुटपाट गर्न खोज्ने क्रममा सञ्चालकमाथि गोली चलाएको प्रहरीले जनाएकाे छ ।
गोली लागेर मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश शाह घाइते हुनुभएको छ । शाहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गोली चलाउने बिहारको मोतीहारीका मनिषकुमार यादव, राजाकुमार सिंह र चन्द्रभान सिंह पक्राउ परेका छन् ।
१ चैत २०८०, शुक्रबार ०३:३३ मा प्रकाशित