काठमाडौं,कार्तिक ६
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
पुगेर कारोबार भएको छ । नेपाल राष्ट्र
बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य एक सय ३४ रुपैयाँ ८२ पैसा
तोकेको छ । त्यस्तै खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा रहेको छ । याे भाउ
अहिलेसम्मकै उच्च हो ।
डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड
बनिरहँदा नेपाली मुद्रा निरन्तर कमजोर बनेको छ । यसअघि हिजो अमेरिकी डलरको विनिमय
दर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो । पछिल्ला दिनमा विश्वबजारमा डलरको माग
बढिरहेकाले त्यसको भाउ बढेको हो ।
५ कार्तिक २०८१, मङ्गलबार ०९:१४ मा प्रकाशित