टि२० विश्वकप : नामिवियाले ओमानलाई हरायो, अर्को खेलमा दक्षिण अफ्रिका र श्रीलंका खेल्ने

Jhalkonepal


काठमाण्डौं, जेठ२२

अमेरिका र वेष्टइन्डिजमा शुरु भएको टि२० विश्वकप क्रिकेटमा आज विहान भएको खेलमा नामिवियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । टस जितेर नामिवियाले ओमानलाई पहिले ब्याटिंगको निम्तो दिए पछि ओमानले १९ औ ओभरको चौथो बलमा १० विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । ओमानका लागि खालिद कैलले सबैभन्दा वढि ३४ रन बनाए । जैसन मक्सुदले २२ र आयन खानले १५ रन बनाए । नामिवियाका लागि रोबेन ट्रम्पलमेनले ४ विकेट लिए भने डेभिड वाइजेले ३ तथा ग्रेहार्ड इरामसले २ र बे्रनार्ड स्कल्जले १ विकेट लिए । 

११० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नामिवियाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनाए पछि खेल टाइ भएर सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा नामिवियाले बाजि मार्दै महत्वपुर्ण जित हासिल गरेको हो । नामिवियाको ब्याटिंगमा जेन फ्राइलैन्कले ४५ , निकोलास डेभिनले २४ र ग्रेहार्ड इरामसले १३ रन बनाए  । ओमानका तर्फबाट बलिंगमा मेहरन खानले ३ विकेट लिए भने विलाल खान, अकिब इलास र आयन खानले १,१ विकेट लिए । 


आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलंका खेल्दै 

यस्तै नेपाल समावेश भएको समुह डिको पहिलो खेलमा आज दक्षिण अफ्रिका र श्रीलंकाका विच नेपाली समय अनुसार साँझ ८ः१५ मा खेल हुदैछ । सामान्य इन्जुरीमा आइपिएल खेलेर आफुलाई विश्वकपको लागि उपलव्ध गराएका कसिगो रबाडाले दक्षिण अफ्रिकी बलिंगलाई बलियो बनाउने छ भने श्रीलंका संग खेलाडीहरुको विविधता रहेको छ । यदपी दक्षिण अफ्रिकाको टि२० खेलेका पछिल्लो प्रदर्शन राम्रो रहेको छैन । दक्षिण अफ्रिकाले खेलेका पछिल्ला ११ टि२० खेलमा ९ वटामा हार ब्यहोरेको छ । श्रीलंकाको टोलीमा विविधता भए पनि १० वर्ष अघि टि२० विश्वकप जित्दा जस्तो उत्कृष्ट टिम भने छैन । श्रीलंकाले आफ्ना पछिल्ला ३ टि२० सिरिजमा जित हासिल गरेको छ । यदपी ति सबै खेल महत्वपूर्ण खेलाडी विनाको बंगलादेश, अफगानिस्तान र जिम्बाबे विरुद्ध थियो । 

दुबै टोलीले आज उत्कृष्ट प्रर्दशन गर्दै जितका साथ प्रतियोगिताका शुरुवात गर्न चाहन्नेछन । 


प्रतिक्रिया