त्रिदेशीय टि२० कप : आज नेपाल र नेदरलैण्ड्स विच प्रतिस्पर्धा

Jhalkonepal


सुभेष सिनाल

काठमाण्डौं, फागुन १९

त्रिदेशीय टि२० कप क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाल र नेदरलैण्ड्स विच प्रतिस्पर्धा हुदैछ । समुह चरणमा नेपालले आज अन्तिम खेलमा जित्नै पर्ने दवाव छ । नेदरलैण्ड्स यस अघि नै दुइ खेल जितेर ४ अंक सहित शिर्ष स्थानमा छ । नेपालले हिजो नामिवियालाई ३ रन ले पराजित गर्दै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई जिवित राखेको थियो । नेपालले आज नामिवियालाई पराजित गर्न सके, नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । भोली नेदरलैण्ड्सले नामिवियालाई पराजित गरेमा नेपाल ४ अंक सहित सिधै फाइनलमा पुग्नेछ । नेदरलेण्डले आज नेपाल र भोली नामिवियासंग हार ब्यहोरेको खण्डमा भने तिनै टोलीको समान ४ अंक हुनेछ । यस्तो अवस्थामा रनरेट बढि हुने दुई टोलीले फाइनल खेल्नेछन । 

फाइनल खेल आउदो मंगलवार हुनेछ । टि२० विश्वकप २०२४ को तयारीको लागि तिनै देशले यो सिरिज खेलिरहेका छन । टि२० विश्वकपको तयारीको लागि यस पछि नेपालले भारतमा अभ्यास गर्नेछ भने चारदेशिय सिरिज पनि खेल्नेछ । 


प्रतिक्रिया