काठमाण्डौं, बैशाख २
आइपिएल २०२४ को हिजो राति भएको खेलमा राजस्थानले पंजाबलाई ३ विकेटले पराजित गरेको छ । पंजाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले १ बल बाकि छदा ७ विकेट गुमाएर पुरा गर्यो । लो स्कोरींग खेल भए पनि अन्तिम बल सम्म पुगेको रोमाञ्चक खेलमा राजस्थानका सिमरोन हैटम्योरले १० बलमा २७ रन बनाएर टिमलाई जिताए । यसअघि यसस्वी जयस्वाल र तनुस कोटिनले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गरि टिमलाई बलियो शुरुवात दिलाएका थिए । जससवालले ३९ र तनुसले २४ रन बनाए । कप्तान संजु सेम्सनले १८ रन बनाउदा, रियान परागले २३ रन जोडे ।
पंजाबका कसिगो रबाडाले २ , सेम करनले २ र लिभिंग्स्टोन, हर्सल पटेल तथा अर्सदिपले १,१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको पंजाबले आसुतोष शर्माको १६ बलमा ३१ रनको मद्दतमा १४७ को सम्मानजनक स्कोर बनाएको थियो । पंजाबको पारीमा लिभिग्सटोनले २१, जितेश शर्माले २९, जोनि बासिस्टोले १५ र अर्थब टैवेले १५ रनको योगदान गरे ।
राजस्थानका अवेश खान र केशब महाराजले २ विकेट लिए भने ट्र्ेन्ट बोल्ट, कुलदिप सेन र यजुबेन्द्र चहलले १,१ विकेट लिए ।
जितसंगै राजस्थान अंक तालिकाको शिर्ष स्थानमा कायम छ । राजस्थानले ६ खेलमा १० अंक जोेडेको छ । अंक तालिकाको दोस्रो स्थानमा समान ६ अंकका साथ कोलकता र तेस्रो स्थानमा चेन्नई रहेका छन ।