सुभेष सिनाल
काठमाण्डौं, फागुन २९
पिएनजीले हँगकँगलाई १० विकेटले पराजित गर्दै, त्रिदेशिय टि२० को फाइनलमा नेपालसँग खेल्ने पक्का गरेको छ । आज विहान नेपाल संग पराजित भएको पिएनजीले हँगकँगलाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको हँगकँगले १८.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १२१ रन मात्र जोड्न सकेको थियो । हँगकँगका लागि सातौ नम्बरमा ब्याटिँग गर्न आएका जीशान अलिले नटआउट ५५ रन बनाएर टिमलाई लज्जाजनक स्कोरबाट उम्काएका थिए । अलि बाहेक नशरुल्ला राना र इशान खानले १६,१६ रन बनाए पनि अन्य ब्याटरहरुले रन बनाउन सकेनन् । हँगकँगका महत्वपूर्ण ब्याटर बाबर हयात १२ रन बनाएरु आउट भए भने अर्का ब्याटर अँशुमान रथ मात्र १ रनमा आउट भए ।
१२२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पिएनजीले कुनै विकेट नगुमाइ १२ औ ओभरमै खेल जित्यो । पिएनजीका टोनी उराले ५१ र सेसे बाउले ६१ रन बनाए ।
नेपाल र हँगकँग विचको खेल बर्षाले प्रभावित भएकोले फाइनल प्रवेशका लागि पिएनजी र हँगकँग दुबैलाई आजको खेलमा जित आवश्यक थियो । अव पिएनजीले भोली नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजै विहान भएको खेलमा नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको थियो
पिएनजीले