काठमाण्डौ, सावन १८
सुनको मुल्यमा भारी वृद्धि भएको छ । केही दिन अघि घटेको सुनचाँदीको भाउ आज (आइतबार) फेरी बढेको छ।
आज सुनको भाउ प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार दुई सय ३५ रूपैयाँमा मूल्यमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
१८ साउन २०८२, आईतबार १२:३३ मा प्रकाशित