यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

Jhalkonepal

काठमाडौँ ,असार १७

नेपाल मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा भुटानमाथि २९८ रनको जितसहित नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । 

३५९ रनको चुनौती पछ्याएको भुटान ६० रनमा अलआउट भयो । नेपालका लागि विपिनप्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन खर्चेर ४ विकेद्ध लिए । त्यस्तै सुयोग भट्टराई र सचिन भट्टले २२ विके६ लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन बनायो । रौनक श्रीवास्तवले १३२ बलको सामना गर्दै १६८ रन बनाए । त्यस्तै जोए थापाले ६७ बलमा अविजित रहँदै ६१ रन बनाए । 

श्रीवांश बजगाईंले ५४, सुगम बुढाथोकीले ३५, प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए । सन्जय दोर्जीले ३ विकेट लिए । 

यसअघि नेपालले इन्डोनेसिया, सिंगापुर र जापानलाई हराएको थियो । 

प्रतिक्रिया