काठमाडौँ,
असार ११
साविक विजेता इटाली युरो कप २०२४ को इटाली नकआउट चरणमा प्रबेश गरेको छ ।
गएराति क्रोएसिया विरुद्ध अन्तिम मिनेटमा बराबरी गोल गर्दै इटाली नकआउट
चरणमा पुगेको हो ।
५५औं
मिनेटमा लुका मोड्रिचको गोलमा क्रोएसियाले अग्रता लिएको थियो । त्यसअघि मोड्रिच
पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।
मोड्रिचको गोलमा क्रोएसिया दोस्रो चरणको
संघारमा पुगेको थियो । तर, क्रोएसियाको प्रयासमा इटाली बाधक बन्यो ।
इन्ज्युरी समयको आठौं मिनेटमा माटिया
जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रूपमा इटाली अन्तिम १६ मा पुगेको हो ।
इटालीको ३ खेलमा ४ अंक छ । क्रोएसियाको ३
खेलमा २ अंक मात्र छ ।
११ असार २०८१, मङ्गलबार ०७:३० मा प्रकाशित