कोशीका मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने

Jhalkonepal
विराटनगर , असोज २९

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको  छ ।  

कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई आज दिनुभएको हो । यसैबिच कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेलाई बोलाइएको छ ।

असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । 
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको बताइएको छ । 

प्रतिक्रिया